काठमाडौं – नेपालको राजनीतिमा भारतको हस्तक्षेपकारी भुमिका रहीआएको छ । नेपालको राजनीतिक अस्थिरता भारतको गलत भुमिका कारण हुने गर्दछ । भारतले नेपालका सुरक्षा निकायमा राजनीतिक दल भित्र, न्यायलय भित्र कर्मचारी संगठनमा घुसपैठ गरी सुचना लिने गर्छ । कहिले कुनै नेतालाई, कहिले पुर्व प्रहरी उच्च तहका अधिकृतलाई प्रयोगमा ल्याउने गर्छ । 

पछिल्लो समयमा एक अपत्यारिला पात्र उमाकान्त गिरीलाई भारतले खटाएको छ । प्राय विहार ९ बजे देखी नारायणीहिटी दरबारको बाटो भएर लैनचौर पुग्ने गर्छन् – उमाकान्त गिरी । धेरै पटक गिरीलाई हाम्रो संवाददाताले पछ्याएको थियो । हाम्रा संवाददाताले गिरीलाई सम्पर्क गर्न खोज्दा गिरी बोल्न चाहेनन् । प्रधानन्यायधीश मुख्य सचिब, प्रहरी प्रमुख सँगै गिरीको ठाडो सम्पर्क हुने गर्छन । तर अरुलाई भेट्दा नजाने जस्तो नचिनेको जस्तो आफुलाई नपत्याउने ढंगले प्रस्तुत हुने गर्दछन् । 

नेताको, कर्मचारीको, प्रहरीको, स्तर हेरेर मात्र यी सम्पर्क गर्छन् । सम्पर्क गर्दा व्यवहार ठिक नभए पाखा लाउन पनि पछि पर्दैनन् गिरी । अघिल्लो गठबन्धनका मन्त्री सुदन किराती राईलाई पुल्चोक मन्त्री क्वार्टरमा गिरी भेट्न पुगेका थिए । दुई घण्टा प्रतिक्षा गर्नुपरे पछि गिरीले सिधा प्रचण्डलाई फोन गरेर गुनासो गरेका थिए । गिरीले गुनासो गरेको बालुवाटार निकट स्रोतले हाम्रा संवाददातालाई बताएका छन् । गिरी सँगैको भेट गोप्य राखिने गरिएको कुरा सुत्र बताउछ । गिरी वेला–वेला मन्त्री फेरिने कुरा गर्छन् । जब मन्त्री फेरिन कुरा गर्छन्, तब सरकारमा एक किसिमको खेलाबैला मच्चिने गर्छन् । भारतीय पुर्व प्रधानसेनापति अशोक मेहतासँगै गिरीको घनिष्ता रहेको छ । भारतले गिरीलाई विशेष नेपालको राजनीति माहोल भत्काउन र अस्थिरता कायम राख्न प्रयोग गरीरहेको छ ।