काठमाडौं - काठमाडौं र पोखरामा आजबाट भारतीय चलचित्र नचल्ने भएका छन् । 

भारतीय चलचित्र ‘आदिपुरुष’को संवादप्रती आपत्ती जनाउँदै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सोमबारबाट भारतीय हिन्दी फिल्मलाई प्रतिबन्ध लगाएका हुन्।

फिल्ममा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने संवाद नसच्चिएसम्म सबै भारतीय चलचित्रको प्रदर्शन रोक्ने काठमाडौं महानगरको निर्णयपश्चात पोखरा महानगरले पनि नगरभित्रका हल सञ्चालकलाई फिल्म नचलाउन पत्राचार गरेको हो।