काठमाडौं - बागलुङ नगरपालिकाले नगरभित्र भारतीय चलचित्र नचलाउन निर्देशन दिएको छ। 

नगरपालिकाले बागलुङको बीएसआर सिनेमा हललाई पत्र लेख्दै चलचित्र ‘आदिपुरुष’मा भ्रम छर्ने तरिकाले जानकी भारतीय छोरी हुन भन्ने शब्द समावेश गरिएको र उक्त शब्द नसच्चिएसम्म नगरपालिकाभित्रका सिनेमा हलमा कुनै पनि भारतीय फिल्म नचलाउन निर्देशन दिएको हो। 

नगरप्रमुख वसन्तकुमार श्रेष्ठले सामाजिक सञ्जालमार्फत राष्ट्रियताको सन्दर्भमा कुनै सम्झौता नहुने बताएका छन्। उनले कुनै पनि देशको राष्ट्रियता र सार्वभौमिकताका सन्दर्भमा अध्ययन गर्न र संवेदनशील बनेर चलचित्र निर्माण गर्न निर्मतालाई अनुरोध गरेका छन्।

यसअघि काठमाडौं महानगरपालिका र पोखरा महानगरपालिकाले सोमबारदेखि आफ्नो क्षेत्रभित्र पर्ने हलहरूमा कुनै पनि भारतीय फिल्म चल्न नदिने निर्णय गरेको थिए।