काठमाडौं - नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले खल्ती वालेटका दुईजना कर्मचारीलाई पक्राउ गरेको छ। 

प्रक्राउ पर्नेमा रामेछाप घर भएका अनिल कार्की र कैलालीका दिनेश स्वार रहेका छन् । ग्राहकको खातामा जम्मा भएको ७० लाख रकम ठगी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। खल्ती एपमा पठाएको रकम हराउने र फिर्ता नआउने गरेको गुनासो आएपछि प्रहरीले अनुसन्धान थालेको हो।

उनीहरूले सेवाग्राहीको खातामा होल्ड भएको रकम आफ्नो खातामा पठाउने र तत्कालै निकाल्ने गरेको पाइएको छ।

७० लाख ठगी गरेको घटनाको अनुसन्धान भइरहेको र अन्य केही कर्मचारी पनि संग्लन हुनसक्ने सीआइवीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ।