काठमाण्डौं – कतिपय माछाहरु समुद्री पानीमा बाँच्दछन् भने कतिपय ताजा पानीमा मात्र बाँच्न सक्छन् । वास्तवमा यो वातावरणले ती माछाहरुलाई बाँच्नका लागि दिएको अवसर हो ।

पानीमा निहित तवणको सघन मात्रा ताजा पानीका रुपमा बासस्थान अनुकुल हुन्छ, कुनैका लागि समुद्री पानी अनुकुल हुन्छ भने कुनै माछाले भने दुवै किसिमका बासस्थानका लागि अनुकुलता सिर्जना गर्न सकेको हुन्छ । तर कुनै एक किसिमको वातावरणमा बाँचिरहेको माछा विपरीत वातावरण भने बाँच्न सक्तैन ।

ताजा पानीमा पाइने माछाहरु लवणरहित वा न्यून लवण भएको वातावरणमा जीवित रहने प्रक्रिया तिनीहरुको शरीरभित्र निहित लवणको सघनतासँग सम्बन्धित हुन्छ । आफ्ना लागि अनुकूल वातावरणमा बाँच्नका लागि तिनीहरुले लवणरहित वा कम लवणयुक्त वातावरणमा बाँच्नु पर्दछ । अर्कोतिर समुद्री माछाहरुले आफ्नो शारीरभित्रको प्रचुर लवण समुद्री पानीबाट शरीर भित्र प्रवेश गरेको लवणलाई शारीरिक क्रियाबाट समुद्री पानी मै निष्काशित गर्ने क्षमता प्राकृतिक रुपमा उत्पन्न गर्नु पर्दछ । समुद्री माछाको गिलहरुमा निहित एक प्रकारका कोषहरुले इन्जाइम उत्पन्न गर्दछन् ।

जसले माछाको कोषका प्लाज्माहरुलाई समुद्री पानी निल्दा जम्मा भएको प्रचुर लवणबाट मुक्ति दिन्छ । माछाको गिलबाट सोडियम बाहिर निकाल्न पनि उक्त इन्जाइमले प्रभावकारी भूमिका निर्वाह गर्दछ । यसका साथै मृगौलाले पनि सघन लवणयुक्त मूत्र निष्काशन गर्न मद्दत पु¥याउँदछ ।

यसरी समुद्री माछाले आफ्नो शरीरबाट लवणको मात्रा घट्न नदिन र शरीरभित्र प्रबेश गरेको प्रचुर पानीमा पाइने माछाको हकमा यसको बैकल्पिक प्रक्रियाको एक तिहाई मूत्र प्रतिदिन निष्काशन हुन्छ र शरीरभित्रको प्रचुर पानी बाहिर निस्कन्छ ।  पृथ्वीमा जीवनको उत्पत्ति महासागरबाट भएको जीवित वस्तुहरुमा जीवनका लागि त्यसै वातावरण अनुरुप अनुकूलताको सिर्जना भएको हुन्छ ।