दीर्घराज प्रसाईं

नेपाल अधिराज्यको सिर्जना हुनभन्दा पहिले हिमवतखण्डको रुपमा यो क्षेत्र परिचित थियो । हिमवतखण्डको श्रृषिमुनिहरुको वासस्थान  ,वेद पुराण ,निति, शास्त्रहरुको उद्गमनभूमि हो । पौराणिक कालमा हिमवतिखण्डमा कैयौ हिन्दु राज्य तथा हिन्दु तिर्थस्थलहरु थिए । पौराणिक कालमा हिमवतखण्डमा वैदिक सनातन हिन्दु धर्मबाट प्रभावित थियो । पूर्वमा ब्रम्हपुत्र पश्चिममा हिन्दु कुश, उत्तरमा कैलास मानसरोवर र दक्षिण गंगासम्मको भूभागलाई हिमवतखण्ड भनिन्छ । शिवजीको बासस्थान कैलाश –मानसरोवर हो । हिमवतखण्डको विषयलाई लिएर बशिष्ट ऋषिले बशिष्ट उपनिषद्मा उल्लेख गेका छन् । भरतखण्डे उत्तरायणे हिमालय तटे स्वर्णभूमि कालीदासले पनि कुमार संभवको पहिलो श्लोकमा हिमालय पर्वतको पूर्वदेखि पश्चिमसम्मको यो आर्यभूमि हो भनेका छन् । यस क्षेत्रमा वेद, उपनिषद ,पुराणहरु तथा अनेकौँ नीतिशास्त्रको जन्म भएको र यस क्षेत्रलाई यहाँका हिमालहरु र नदीहरुले जसरी सिचित गराएको छ । त्यसरी नै अनेकौँ तेजस्वी श्रृषिमुनिहरुका तपबाँब्ट ज्ञानका आश्रम धारा बग्न पुगेका छन् । 

मानव सभ्यताका प्रर्वतक कैयौँ ऋषिमुनिहरुको जन्म र कर्मभूमि यही भूमि थियो । सप्तगण्डकीमा काश्यप ऋषि (विश्वामित्र) गोर्खामा वेदव्यास तत्वज्ञानी दार्शनिक राजा जनकको राज्यमा याज्ञवल्कप, गार्गी, मैत्रेयी, गण्डकमा बाल्मिकि ऋषि बाग्मती किनारमा ने मुनि नामक ऋषि र किरातीहरुका ऋषि आकुनीले ख्याती कमाएको उल्लेख छ । बेद ,श्रृति ,स्मृति तथा योगको ज्ञानले यस क्षेत्रलाई सिचित गर्न सकेकाले विश्वमा हिमवतखण्ड नेपाललाई मानव सभ्यताको उदगम र विश्वसभ्यताको जेष्ठभूमि मानिएको छ ।

हिमवतखण्ड नेपालमा कुनै पनि ऋषिमुनिहरु क्स्यप भारद्धाज, विश्वामित्र, कौसिक वशिष्ट, मैत्री, गौतम, जमदग्नी ,सप्तऋषिहरु नेमुनी परशुराम, उपमन्य,मौतगन्य, शाण्डिल्य ,मरिची अंगिरा, गार्गी, यज्ञवल्क्य, मैत्रेयी शाण्डिल्य। मैत्रेयी, ब्इास, पुलह,भुगु माण्डव, जस्ता यस्ता सयौँ ऋषिहरुले तपोभुमि कर्मभूमि हो । यो हिमवतखण्ड नेपाल हो । वेद् उपनिषद्, पुराणहरु यही क्षेत्रकै उपज हुन् ।
क्रमशः